विपिन जोशी रिहाइका लागि राजदूतलाई ज्ञापनपत्र बुझाइयो
मङ्गलबार, २७ फागुन २०८१, १८ : ३८

काठमाडौँ । प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहलकदमी लिन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य सुरेश भट्ट आश्रिनले नेपाली दूतावास दोहा कतारका राजदूत रमेश चन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।
हमासले अझै ९६ जना नियन्त्रणमा लिएर राखेको अवस्थामा नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कतारका राजासमक्ष उच्च कूटनीतिक पहल गरिदिन राजदूतलाई ज्ञापनपत्र बुझाएका हुन् ।
हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार