‘बी’ डिभिजन लिग : श्रीभगवतीले जित निकाल्दा रोकिए मध्यपुर र टुसाल
श्री भगवती क्लबले मंगलबार रानीपोखरी कर्नर टिम (आरसिटी)लाई हराउँदै शहीद स्मारक ‘बी’ डिभिजन लिगमा जित निकाल्दा मध्यपुर युथ एशोसिएशन र टुसाल युथ क्लबले अंक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा मध्यपुर र टुसाल १–१ गोलको बराबरीमा रोकिएका हुन् । दोस्रो खेलमा भने श्री भगवतीले बलियो टोली मानिएको आरटिसीलाई ३–१ गोलअन्तरले हरायो । यससँगै जारी लिगमा पाँचौँ खेल पूरा भएको छ । यसअघि च्यासल ब्रिगेड ब्वाइज र प्लानिङ ब्वाइज क्लबले जित निकाल्दा च्यासल र वीरगन्ज युनाइटेडबिचको खेलमा भने अंक बाँडिएको थियो । एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मध्यपुरले अग्रता जोगाउन नसक्दा अंक बाँडको हो । खेलको ४१औँ मिनेटमा सन्तोष गोङ्बाको गोलबाट मध्यपुरले अग्रता लिएको थियो । कर्नर मुभबाट मध्यपुरले गोल गरेको हो ।
कर्नरबाट आएको पास सदुपयोग गर्दै कप्तान सञ्जय राजबहाकले राइट साइडबाट दिएको बललाई सन्तोषको हेडर गोलमा परिणत भयो । यो गोलसँगै पहिलो हाफमा मध्यपुरले अग्रता लियो । तर फितलो डिफेन्सका कारण मध्यपुरले अग्रता गुमाएको हो । ६६ औँ मिनेटमा टुसालले गोल फर्कायो । विनोद नेम्वाङले गोल गर्दै टुसाललाई १–१ को बराबरीमा ल्याए । ईश्वरकुमार रायमाझीले राइट साइडबाट दिएको बललाई विनोदले वान टचमार्पmत जाली चुमाएका हुन् । त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा नै टुङ्गियो । दोस्रो खेलमा पनि आरसिटीले अग्रता गुमाउँदै हार बेहोरेको हो । खेलको ३३ औँ मिनेटमा कप्तान समीर राईले रातो कार्ड सामना गरेपछि आरसिटी १० खेलाडीमा सीमित भयो ।
उनले श्रीभगवती क्लबका कप्तान उर्केन जङ्बु शेर्पालाई हातले हानेपछि सीधै रातो कार्ड सामना गरेका हुन् । यद्यपि, एक खेलाडी कम भए पनि त्यसको तीन मिनेटपछि नै आरसिटीले निखिल तामाङको गोलबाट अग्रता लियो । प्रज्ज्वल गुरुङको थ्रु बललाई उनले दुई डिफेन्डरको बिचबाट निक्लिएर गोल गरेका हुन् । त्यो गोलसँगै आरसिटीले पहिलो हाफमा अग्रता कायमै राख्यो । तर, दोस्रो हाफमा भने आरसिटी समालिन सकेन र तीन गोल बेहोर्दै नतिजा सुम्पिन बाध्य भयो । ५४औँ मिनेटमा विक्रान्त नरसिंह राणाले गोल गर्दै थ्री भगवतीलाई बराबरीको स्थितिमा ल्याए ।
आरसिटीका डिफेन्डरबाट बल खोस्दै श्री भगवतीले गोल गरेको हो । शिशिर लेखीको पासमा विक्रान्तले गोल गरेका हुन् । ७७औँ मिनेटमा अमर श्रेष्ठको आत्मघाती गोलबाट श्रीभगवतीले अग्रता बनायो । शिशिर लेखीको क्रस रोक्न क्रममा अमरको खुट्टामा ठोकिएर बल आरसिटीको जाली चुम्न पुग्यो । ९०औँ मिनेटमा श्रीभगवतीले तेस्रो गोल गर्दै खेल पूर्ण आफ्नो नियन्त्रणमा लियो । विशालविक्रम सिलवालले गोल गर्दै श्रीभगवतीलाई ३–१ को जित दिलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री सोविता गौतमको निर्देशन
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण