‘म वार्ता गर्दिन, जे गर्न सक्छस् त्यही गर’ भनेर ट्रम्पलाई कसले दियो धम्की ?

तेहरान । सत्तामा आएदेखि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दबाब बढाउने प्रयास गरिरहेका छन् । तर इरानले ट्रम्पलाई यसको उचित जवाफ दिएको छ । इरानले कुनै पनि परिस्थितिमा धम्कीका बिचमा अमेरिकासँग आफ्नो आणविक कार्यक्रमको बारेमा कुरा नगर्ने इरानी राष्ट्रपति मसूद पेजेश्कियानले मंगलबार भनेका छन् ।
‘तँलाई जे गर्नु छ गर,’ ट्रम्पलाई कडा जवाफ दिँदै उनले भने । यसैबिच, इरानले रुस र चीनसँग संयुक्त सैन्य अभ्यास गरेर आफ्नो शक्ति देखाएको छ । ‘अमेरिकाले हामीलाई आदेश र धम्की दिन्छ भन्ने हामी फिटिक्कै सहन सक्दैनौँ । म तिमीहरूसँग वार्तै गर्दिन, जे गर्न सक्छस् त्यही गर’ पेजेश्कियानले भने ।
इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले पनि शनिबार कुनै पनि दबाबमा आएर इरानले वार्ता नगर्ने बताएका थिए । इरानसँग नयाँ आणविक सम्झौताको लागि आफूले खामेनीलाई पत्र लेखेको भन्ने ट्रम्पको दाबीपछि खामेनीको प्रतिक्रिया आएको थियो ।
ट्रम्पको दाबी झुटो भएको र इरानले कुनै पनि पत्र नपाएको इरानले भनेको थियो । ट्रम्प प्रशासनले पहिले जस्तै फेरि एक पटक इरानमाथि अधिकतम दबाब दिने नीति लागू गरेको छ । यसमार्फत अमेरिकाले इरानको अर्थतन्त्रलाई कमजोर पार्ने र यसको तेल निर्यात शून्यमा पुर्याउने प्रयास गरिरहेको छ ।
सोमबार ट्रम्पले प्रतिबन्ध छूट अन्त्य गरेर दबाब बढाउन खोजेका थिए । यस छुट अन्तर्गत, इराकलाई इरानबाट बिजुली किन्न अनुमति दिइएको थियो । इरानी विदेशमन्त्री अब्बास अराघचीले उक्त कदमको निन्दा गर्दै इरानले दबाब र धम्कीमा वार्ता गर्दैन भनेर भनेका थिए ।
२०१५ मा राष्ट्रपति बाराक ओबामाले इरान र प्रमुख शक्तिहरू बिच एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए । यसमा इरानलाई उसको आणविक कार्यक्रम रोक्ने बदलामा प्रतिबन्धहरूबाट राहत दिने वाचा गरिएको थियो। ट्रम्प सत्तामा आएपछि यो सम्झौता भङ्ग भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी
-
प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती