सुमनाले कांग्रेस नेताले सार्वजनिक जग्गा प्रयोग गरेको आरोप लगाएपछि प्रतिनिधिसभामा लफडा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नेपाली कांग्रेसका नेताले सार्वजनिक जग्गा प्रयोग गरेको भनेर धारणा राखेपछि प्रतिनिधिसभामा लफडा भएको छ । सांसद श्रेष्ठको त्यो धारणामा कांग्रेस सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायत सांसदहरूले आपत्ति जनाएका छन् ।
श्रेष्ठले धारणा राखिसक्ने बित्तिकै कांग्रेस सांसद केसी उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले ‘माननीयज्यू’ को नियमापत्ति हो भन्दै सोधेका थिए । त्यसपछि कांग्रेसका आधा दर्जन सांसदहरू उठेर विरोध गरे । तर, सभामुखले उनीहरूलाई बोल्न माइक दिएनन् ।
सभामुखले माइक नदिए पनि सांसद केसीले बोलेको सुनिएको थियो । उनले प्रतिनिधिसभामा आरोप लगाएपछि त्यसको तथ्य पुष्टि गर्न सक्नुपर्ने बताएका थिए । तथ्य पुष्टि नहुने भए संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । तर, सभामुख घिमिरेले हटाउन निर्देशन दिएनन् ।
सभामुख घिमिरेले भने, ‘प्रतिनिधिसभामा वादविवादमा जाने होइन, आफूले उत्तरदायी र जिम्मेवार तरिकाले राख्नुहुनेछ भन्ने हाम्रो विश्वास छ । सार्वजनिक ढङ्गबाट संसद्को अगाडि तथ्यपरक ढङ्गले राख्नहुन्छ । राख्नुहुनेछ ।’
सभामुखले धेरै आग्रह गरेपछि कांग्रेस सांसदहरू बसेपछि अहिले सदन चलिरहेको छ ।
सांसद श्रेष्ठले काठमाडौँ जिल्लाको क्षेत्र नं ६ मा पर्ने तारकेश्वर ९ मा रहेको नेपाल सरकारको जग्गा कित्ता नम्बर ६३ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आएको स्थानीय बासिन्दाको गुनासो रहेको बताएकी थिइन् । स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको श्रेष्ठको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण