पर्साको बालसुधार गृहमा होली मनाइयो
बिहीबार, २९ फागुन २०८१, १९ : १५
पर्सा । यहाँस्थित बालसुधार गृहमा रहेका १२६ बालबालिकासँग खानपान तथा सांस्कृतिक कार्यक्रम गरी होली पर्व मनाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालसुधार गृहमा बसेका बालबालिकालाई होली पर्वको दिनमा खुसियाली दिलाउनका लागि होली विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
“बाल सुधारगृहमा बालबालिकाले पनि होली मनाउन सकनु भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको हो”, उनले भने, “बालबालिकालाई अबिर लगाउनुका साथै मिष्ठान्न परिकार खुवाएका हौँ, होली मनाउन पाउँदा उनीहरु निकै हर्षित देखिन्थे ।” उनले होलीले त्यहाँ रहेका बालबालिकालाई आत्मबल बढाउन र सुधारको बाटोमा अघि बढ्न प्रेरित गर्नेमा विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण