प्रधानमन्त्री ओलीको दृश्य काटिएको ‘राजागञ्ज’ आजबाट प्रदर्शनमा
काठमाडौँ । आज शुक्रवारबाट दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।
यद्यपि देशभरका हल यो फिल्मले पाएको छैन किनभने होली पूर्णिमाको अवसर पारेर बिहीबार बाट प्रदर्शनमा आएको दुई फिल्म ‘आउट लः दफा २१९’ र ‘अञ्जिला’ को अलवा केही तासा अगाडि रिलिज भएका फिल्म ‘होस्टल ३’, ‘लाज शरणम्’ र ‘फेरि रेसम फिरिरि’ अझै धेरै स्टेसनमा कब्जा जमाएर बसेको छ ।
‘राजागञ्ज’ केन्द्रीय चलचित्र जाँच समितिले फिल्ममा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका दृश्यमा कैँची लगाएको फिल्म हो । फिल्ममा ९ वर्षअघि एमाले अध्यक्षको रूपमा प्रधानमन्त्री ओलीले भनेका केही अभिव्यक्ति राखिएको थियो ।
फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला फिल्म महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको फिल्मले नेपालमा भने राम्रो शो पाउन सकेको छैन । सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।
फिल्मको निर्माणमा निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण