जनकपुरमा बस दुर्घटना, २० जना घाइते
शुक्रबार, ०१ चैत २०८१, ११ : ४१
जनकपुर । जनकपुरमा बस दुर्घटना हुँदा करिब दुई दर्जन यात्रु घाइते भएका छन् । शुक्रबार जनकपुरधामबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको यात्रुबाहक बस धनुषाधाम नगरपालिकाको मालटोल चोकमा दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका हुन् ।
बस बिसौनीमा रोक्ने क्रममा दुर्घटना भएको ढल्केवर प्रहरीका प्रहरी निरीक्षक जटाशंकर यादवले बताए । उनका अनुसार बसमा करिब ३०÷३५ जना यात्रुहरु थिए । बस बिसौनीमा रोक्न खोज्दा बे्रकले काम नगरेर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।
घाइतेहरुलाई ६ वटा एम्बुलेन्स र प्रहरी भ्यानमा राखेर उपचारका लागि विभिन्न अस्पतालहरुमा लगिएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अवस्थाको बारेमा यथेष्ट विवरण लिने काम भइरहेको जनकपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण