एक वर्षमा थपिए २ लाख २८ हजार मुद्दा, १ लाख ६२ हजार फर्छ्यौट हुन बाँकी
काठमाडौँ । देशभर एक वर्षमा २ लाख २८ हजार मुद्दा थपिएका छन् । सर्वोच्च अदालतको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार सर्वोच्च मातहतका अदालत तथा न्यायधिकरणहरूमा आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा रिट निवेदन प्रतिवेदनको संख्या एक लाख साठी हजार ३९५ र गत आवमा दर्ता भएका दुई लाख २७ हजार ९६२ गरी जम्मा मुद्दाको संख्या तीन लाख ८८ हजार ३५७ पुगेको हो ।
जसमध्ये ५८.२४ प्रतिशत अर्थात दुई लाख २६ हजार १८५ मुद्दा फर्छ्यौट भएकोमा एक लाख ६२ हजार १७५ मुद्दा बाँकी रहेका छन् । प्रतिवेदनअनुसार गत आवमा अन्य वर्षभन्दा ११.३६ प्रतिशत बढी मुद्दा फर्छौट भएका छन् । पुराना बक्यौता मुद्दा गत वर्षको असार मसान्तसम्म २८.१३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
गत आवमा सर्वोच्च अदालतमा आर्थिक वर्ष जिम्मेवारी सरेको मुद्दा रिट निवेदन प्रतिवेदन २८ हजार ४३० र गत आर्थिक वर्षमा दर्ता भएका ४१ हजार २४९ रहेकोमा १५ हजार ५२१ अर्थात् ३७.३७ मुद्दा फर्छौट गरिएको छ । उच्च अदालतहरूमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा रिट निवेदन २५ हजार ३६७ र गत आवमा ५५ हजार ८७२ मुद्दा थपिएकोमा ५६ हजार १४ अर्थात् ६८.९५ मुद्दा फर्छौट भएका छन् ।
जिल्ला अदालतहरुमा अघिल्लो आवबाट सरेका एक लाख ४ हजार ६६८ र गत आवमा थपिएका एक लाख ५७ हजार ४ सहित जम्मा दुई लाख ६१ हजार ६७२ मुद्दा कायम रहेकोमा ५७।९५ मुद्दा फर्छौट भएका छन् ।
अन्य अदालत तथा न्यायाधिकरणहरूमा अघिल्लो आवबाट सरेका एक हजार ९२८ र गत आवमा थपिएका दुई हजार २६९ सहित चार हजार १९७ मुद्दा थिए । जसमध्ये ७१.५७ अर्थात् तीन हजार ४ मुद्दा फर्छौट भइ एक हजार १९३ मुद्दा बाँकी रहेको प्रतिवेदनले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण