‘होस्टेल ३’ले पहिलो साता कति कमायो ?
काठमाडौँ । गत शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘होस्टेल ३’का निर्माता युटिटले पहिलो हप्ताको व्यवसाय सार्वजनिक गरेका छन् । सार्वजनिक व्यवसायमा ४ करोड ३२ लाख ग्रस रहेको देखाइएको छ ।
फिल्मका निर्देशक समेत रहेका निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा व्यापारिक आँकडा सार्वजनिक गरेको बताए । ‘वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ’ कँडेलले भने । अनुसार फिल्मको उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन छ ।
फिल्म काठमाडौँमा गोविन्द शाहीको काफिया फिल्मस र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गरेका हुन् ।
यसैबिच, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ ।
होस्टलको विषयमा निर्माण भएको फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण