अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकविरुद्ध काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
काठमाडौँ । नेपालमा शनिबारदेखि सुरू हुने अन्तर्राष्ट्रिय जनअदालतको पूर्वसन्ध्यामा शुक्रबार शान्तिपूर्ण प्रदर्शनका साथै नेपालमा रहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यालयमा माग पत्र बुझाइएको छ ।
दर्जनौँको संख्यामा रहेका जलवायु अभियन्ताले बाजागाजा सहित दरवारमार्गसम्म प्रदर्शन गरेर माग पत्र बुझाएका हुन् ।
नेपाल सहित भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका नागरिक आन्दोलन, मजदुर संघ, किसान, महिला समूह र नागरिक समाज संगठनको उपस्थिति रहेको प्रदर्शनपछि अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक विरुद्धको नागरिक माग पत्र बुझाएको बताइएको छ।
एशियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्टकी संयोजक लिडी नाकपिलले भनिन्, 'आईएमएफ र विश्व बैंकले ८० वर्ष मनाइरहँदा, विश्व दक्षिणमा कर्जाको चपेटाले निम्त्याएको संकट अझै विकराल बनेको छ। यी संस्थाहरू जी सेभेनका मुख्य उपकरणहरू हुन्, जसले जलवायु संकट र ऋण संकटलाई झन् गहिरो बनाइरहेका छन्। अब तिनीहरूले ऋणलाई समाधानको रूपमा जबर्जस्ती लादने कार्य बन्द गर्नुपर्छ, विशेषगरी जलवायु सकटलाई झन् विकराल बनाउने नीतिहरू अविलम्ब रोक्नुपर्छ ।'
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण