बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिए
बरहथवा । सर्लाहीको बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिएका छन् । यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा आज एक युवक मृत र एक जना घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बसवरिया गाउँपालिका–२, बस्ने २५ वर्षीय राजीव पासवान मृत फेला परेका जानकारी दिए । यस्तै, मुख र टाउकोमा चोट लागेर घाइते भएको अवस्थामा सोही स्थानका २० वर्षीय धनञ्जय यादवको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
घाइते यादवको बरहथवास्थित स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले मोटरसाइकलको सिट, भाइजर, हेडलाइट फेला पारेको भए पनि दुर्घटनाको कारण वा साधनको पहिचान हुन सकेको छैन । घटना शङ्कास्पद देखाएकाले प्रहरीको प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
-
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रियामा ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण