प्रभात मोही बजारमा
काठमाडौँ । नवप्रभात डेरी उद्योग ललितपुरको लेबलिङ र प्याकेजिङमा प्रभात मोही बजारमा ल्याएको छ । पछिल्लो समय उपभोक्ताको रोजाइमा मोही पर्न थालेपछि डेरी उद्योगीले विभिन्न नाममा मोही बजारमा ल्याउन थालेका हुन् ।
नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. काठमाडौँबिच डेढ वर्ष अगाडि भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौँको दरबारमार्गमा हुने रैथाने कृषि हाट बजारमा ठेकीको मोही निःशुल्क सेवन गराउने कार्यक्रमले पनि मोहीको बजार विस्तार भएको एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए ।
त्यसैको प्रभाव स्वरूप उपत्यका बाहिरका जिल्लामा पनि सफलताका साथ एक दर्जन जति डेरी उद्योगले लेबलिङ प्याकेजिङ गरी बजारमा मोही बिक्री गर्न थालेको उनले बताए । उपत्यका एवं बाहिर जताततै त्यसैको प्रभावमा भोज, भतेर, पार्टी शुभकार्यमा अन्य पेय पदार्थसँगै मोहीले पनि प्राथमिकता पाउन थालेपछि यसलाई व्यवसायी रुप दिन थालिएको उनले बताए ।
प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले एक गाउँ एक उत्पादन कार्यक्रमले मौलिक उत्पादनको संरक्षण गरेको बताए ।
उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले नेपाल डेरी एसोसिएसनले दूध तथा दुग्ध पदार्थ विविधीकरण गरी बजारमा पुर्याउन धेरै ठुलो मिहिनेत गरेको बताए । रैथानेका अध्यक्ष तिलक ढकालले समग्र कृषि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने र अझ दुग्ध क्षेत्र कृषि भित्रको पनि एक प्रमुख क्षेत्र रहेको कुरा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इरान युद्धबारे सकारात्मक खबर सुनाएसँगै तेलको मूल्य घट्यो
-
केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन
-
मखाना खानु अघि सोच्नै पर्छ यी मानिसले
-
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ ५ कार्यसूची
-
नेपाली कांग्रेसद्वारा विदेशस्थित जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकमा जुट्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण