सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगायो : मन्त्री गुरुङ
आइतबार, ०३ चैत २०८१, १३ : ४७
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् । बिज्ञापन बोर्डले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले वर्तमान सरकार गठन भएपछि पहिलो काम मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका हुन् ।
उनले पुराना ऐन कानुनले सुशासन कायम हुन नसकेको, राजस्व संकलन हुन नसकेको, व्यवसाय प्रवर्ध्दनमा समस्या देखिएको महशुस भएकाले अध्यादेश ल्याउनुपरेको धारणा राखे ।
मुलुकमा परिवर्तन हुँदा पनि सुशासन कायम हुन नसक्दा जनतामा निराशा उत्पन्न भएकाले विद्यमान अस्पष्ट नीति नियमहरुलाई सुधार गर्न खोजिएको उनले बताए । उनले सरकारको रचनात्मक आलोचना भए सुध्रिने मौका पाउने समेत उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण