धनुषामा दुईपक्षीय झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
जनकपुर । धनुषाको सबैला नगरपालिकामा ‘चोक’ नामकरणसहित बोर्ड राख्ने विषयमा दुई पक्षीय झडप भएको छ ।
सबैला नगरपालिकास्थित भठिहनमा एक पक्षले ‘यादव चोक’ नामकरण गरिएको बोर्ड राख्न खोज्दा विवाद भएको धनुषा प्रहरीले जनाएको छ । अर्को पक्षले यादव चोक राख्न नमान्ने भएपछि विवाद उग्ररुप लिएको थियो ।
दुई पक्षबिच झडपलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।
भठिहनका स्थानीय बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएका थिए । स्थितिलाई नियन्त्रणमा लिने अश्रुग्यासका साथै लाठीचार्ज पनि गरेको थियो । अहिले अवस्था सामान्य भएको प्रहरी दाबी छ ।
‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्, अर्को पक्षले यादव चोक हुनुहुँदैन भन्छन् । यही विषयमा दुई पक्षबिच झडप भयो, अनि हामीले अश्रुग्यास चलाउनुपर् यो,’ उनले भने, ।
केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण