चीन र इथियोपियामा भूकम्प
सोमबार, ०४ चैत २०८१, ०७ : ३९
काठमाडौँ । चीनमा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। यसबाहेक, इथियोपियामा पनि आइतबार अबेर राति भूकम्प गएको थियो । त्यसपछि लगातार कम्पनहरू गइरहेका छन्।
चीनमा गएको भूकम्पको तीव्रता रेक्टर स्केलमा ४.१ मापन गरिएको थियो। यस भूकम्पको केन्द्रबिन्दु चीनको छिंगहाई शहर नजिकै जमिनबाट १० किलोमिटर तल रहेको थियो।
इथियोपियामा पहिलो भूकम्प राति १२:२३ बजे गएको थियो, जसको तीव्रता रेक्टर स्केलमा ५.५ मापन गरिएको थियो। यसपछि ४.३ र ५.१ तीव्रताको भूकम्प पनि आयो।
मानिसहरूले निरन्तर भूकम्पको सामना गर्नु परिरहेको छ। भूकम्पका कारण दुवै देशमा अहिलेसम्म कुनै पनि प्रकारको जनधनको क्षतिको खबर नआए पनि मानिसहरूमा त्रासको वातावरण छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण