पुटिनसँग फोन वार्ता पहिल्यै ठूलो उपलब्धि : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता पहिले कयौँ विषयमा सहमति जुटेको बताएका छन् । ट्रम्पले युक्रेन शान्ति सम्झौताका सम्बन्धमा पुटिनसँग मंगलबार टेलिफोन गर्नु पहिले ‘कयौँ तत्व’मा सहमति जुटेको बताएका हुन् ।
उनले ट्रुट सोसियल पोष्टमार्फत मंगलबार विहान पुटिनसँग फोन वार्ता हुने जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अधिकांश विषयमा सहमति जुटे पनि अझै धेरै गर्न बाँकी रहेको ट्रम्पले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘हरेक हप्ता दुई पक्षका २५ सय सैनिक मारिन्छन् । त्यसकारण यसलाई अहिल्यै अन्त्य गर्न जरुरी छ । म पुटिनसँगको कुराकानीका लागि व्यग्र प्रतिक्षा गरिरहेको छुँ ।’
यसअघि संवाददाताहरुसँग आफुहरु शान्ति सम्झौता तथा युद्धविराम गर्ने सन्दर्भमा सक्षम हुने प्रतिक्रिया दिएका थिए । बेलायत र फ्रान्सले पुटिनसँग यो सबै सावित गर्न आग्रह गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले युद्ध विराम प्रस्तावमा सहमति जनाउने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ‘साहस’ सराहाना योग्य रहेको बताएका छन् । उनले रुसलाई यस्तो साहस गर्न चुनौती समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण