वडाध्यक्षमाथि रड प्रहार गर्ने गिरी पक्राउ
मङ्गलबार, ०५ चैत २०८१, ०९ : १८

पोखरा । पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिमाथि गत आइतबार हातपात भएको थियो ।
शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए ।
घटनाको २ दिनपछि गिरीलाई थप अनुसन्धानको लागि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासनबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’
-
लक्ष्मी उप्रेतीले श्रीमान्सँग छुट्टिएर तीन सन्तान हुर्काइन्, ४० कृति जन्माइन्