फुटबल खेलअघि दुवै टोलीका खेलाडीले जिउँदो खेलाडीप्रति श्रद्धाञ्जली अर्पण गरेपछि ...
काठमाडौँ । एक प्रतियोगिताका क्रममा खेल सुरु हुनुअघि जिउँदो पूर्वखेलाडीप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौन धारण गरिएको विषयलाई लिएर बुल्गेरियाको चर्चित क्लबले माफी मागेको छ ।
बुल्गेरियाको चर्चित क्लब आर्दा कार्दझालीले लेभस्की सोफियाविरुद्धको खेल सुरु हुनुअघि आफ्ना एक पूर्वखेलाडीप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौन धारण गरेको थियो ।
तर, पूर्वखेलाडी पेट्को गान्चेभको निधन नै भएको थिएन । खेलपछि मात्र क्लबले आफ्ना पूर्वखेलाडी पेट्को जीवितै रहेको थाहा पाएको थियो । सोही विषयलाई लिएर क्लबले माफी मागेको हो ।
खेल सुरु हुनुअघि आर्दा कार्दझालीले मात्र होइन, लेभस्की सोफियाका खेलाडीले पनि पेट्कोप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । आफूहरूले गलत जानकारी पाएकाले यस्तो दुःखद स्थिति सृजना भएको क्लबले जनाएको छ ।
‘हामीले उनको मृत्यूको विषयमा गलत जानकारी पाएका थियौँ । त्यसैले खेल सुरु हुनुअघि श्रद्धाञ्जली अर्पण गरेका हौँ । उनी जीवितै रहेको जानकारी पाएपछि हामी निकै खुसी भएका छौँ । तर, हामी पेट्को र उनको परिवारसँग अञ्जानमा भएको भुलका लागि माफी माग्न चाहन्छौँ,’ क्लबले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण