सुन तस्करीमा ५ वर्ष जेल बसेका व्यक्ति फेरि २५ करोडसहित पक्राउ
काठमाडौँ । सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रासहित फेरि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् ।
युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा रसुवा नाकातर्फ ट्रकमा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति पक्राउ परेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले मंगलबार दिउँसो गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर विदेशी मुद्रा लगिँदै गरेको विशेष सूचनाका आधारमा राजधानीको झोरबाट प्रहरीले उक्त रकमसहित उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ परेका कुसाङ लामा भरियाको रूपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उक्त पैसा अवैध सुन किन्नका लागि चीनतर्फ तस्करी भइरहेको आशंकासहित प्रहरीले थप विषय अनुसन्धानपछि खुल्दै जाने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण