राजावादीको जुलुसबारे कांग्रेस बैठकमा गृहमन्त्रीको ब्रिफिङ

काठमाडौँ । अघिल्लो हप्ता पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउने समय पारेर राजावादीहरूले निकालेको जुलुसबारे कांग्रेसले सरकारबाट ब्रिफिङ लिएको छ ।
पार्टी नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले आज सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा राजावादीहरूले निकालेको जुलुसबारे ब्रिफिङ गरेका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।
‘राजावादीहरूले निकालेको जुलुसबारे बैठकका गृहमन्त्री रमेश लेखकले ब्रिफिङ गर्नुभयो । जुलुस गर्न कसरी र कुन प्रक्रियाबाट दिइयो, त्यसबारे पार्टी नेताहरूलाई उहाँले जानकारी दिनुभयो,’ उपाध्यायले रातोपाटीसँग भनिन् ।
सँगै गृहममन्त्री लेखकले समसामयिक राजनीतिबारे पनि ब्रिफिङ गरेका थिए । बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पार्टी भ्रातृसंस्था नेपाल विद्यार्थी संघका कारण रोकिएका क्याम्पसमा यथाशक्य गर्ने वातावरण बनाउने विषयमा पनि छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग
-
करणको दोस्ताना–२ बाट निकालिए कार्तिक
-
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी
-
ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?