राजावादीको जुलुसबारे कांग्रेस बैठकमा गृहमन्त्रीको ब्रिफिङ
काठमाडौँ । अघिल्लो हप्ता पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउने समय पारेर राजावादीहरूले निकालेको जुलुसबारे कांग्रेसले सरकारबाट ब्रिफिङ लिएको छ ।
पार्टी नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले आज सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा राजावादीहरूले निकालेको जुलुसबारे ब्रिफिङ गरेका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।
‘राजावादीहरूले निकालेको जुलुसबारे बैठकका गृहमन्त्री रमेश लेखकले ब्रिफिङ गर्नुभयो । जुलुस गर्न कसरी र कुन प्रक्रियाबाट दिइयो, त्यसबारे पार्टी नेताहरूलाई उहाँले जानकारी दिनुभयो,’ उपाध्यायले रातोपाटीसँग भनिन् ।
सँगै गृहममन्त्री लेखकले समसामयिक राजनीतिबारे पनि ब्रिफिङ गरेका थिए । बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पार्टी भ्रातृसंस्था नेपाल विद्यार्थी संघका कारण रोकिएका क्याम्पसमा यथाशक्य गर्ने वातावरण बनाउने विषयमा पनि छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण