सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको स्टन्टबाजी : मन्त्री गुरुङ
बुधबार, ०६ चैत २०८१, २० : ४४

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको टिप्पणी गरेका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले अहिलेको सरकार नै राष्ट्रिय सरकार रहेको भन्दै अर्को राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको बताएका हुन् ।
माओवादी सत्तामा आउने बित्तिकै गणतन्त्र बलियो हुन्छ भन्ने तर्क उचित नभएको उनले बताए । उनले सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको स्टन्टबाजीमात्रै भएको जिकिर गरे ।
उनले राजावादीको चुनौती महसुस गरेको भए मोर्चाबाट सामना गर्न माओवादीलाई सुझाव दिए । उनले सरकार गठनका समयमा कांग्रेस र एमालेबिच भएको सहमतिमध्ये संविधान संशोधन मात्र हुन बाँकी रहेको र बाँकी सबै सहमति कार्यान्वयन भइरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु