सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको स्टन्टबाजी : मन्त्री गुरुङ
बुधबार, ०६ चैत २०८१, २० : ४४
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको टिप्पणी गरेका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले अहिलेको सरकार नै राष्ट्रिय सरकार रहेको भन्दै अर्को राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको बताएका हुन् ।
माओवादी सत्तामा आउने बित्तिकै गणतन्त्र बलियो हुन्छ भन्ने तर्क उचित नभएको उनले बताए । उनले सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको स्टन्टबाजीमात्रै भएको जिकिर गरे ।
उनले राजावादीको चुनौती महसुस गरेको भए मोर्चाबाट सामना गर्न माओवादीलाई सुझाव दिए । उनले सरकार गठनका समयमा कांग्रेस र एमालेबिच भएको सहमतिमध्ये संविधान संशोधन मात्र हुन बाँकी रहेको र बाँकी सबै सहमति कार्यान्वयन भइरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण