पुरूषोत्तम न्यौपाने सांगीतिक साँझको तयारीमा दोहोरी गीत प्रतिष्ठान
काठमाडौँ । वरिष्ठ लोक तथा दोहोरी गायक पुरूषोत्तम न्यौपाने एकल सांगीतिक साँझमा आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पोखरा सभागृहमा यही चैत २२ गते शुक्रबार ‘पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ’ आयोजना गर्न लागेको हो । साँझमा गायक न्यौपानेले आफ्ना रूचाइएका गीतहरू लाइभ बाजामा प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा उनले गीतमा सहकार्य गरेका केही चर्चित गायिकाले समेत साथ दिनेछन् । थुप्रै चर्चित लोक तथा दोहोरी कलाकारहरू समेत सहभागी हुने सांगीतिक साँझमा उपस्थितहरू न्यौपानेका गीतमा नाच्ने र झुम्नेछन् ।
आयोजक दोहोरीगीत प्रतिष्ठान सांगीतिक साँझको तयारीमा लागि परेको छ । सांगीतिक साँझलाई भव्य बनाउने गरी आफूहरूले तयारी गरिरहेको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन् । प्रतिष्ठानले गत वर्षदेखि एकजना अग्रज लोकदोहोरी कलाकारको सांगीतिक साँझ आयोजना गर्न सुरू गरेको हो । यसै क्रममा गतबर्ष वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको सांगीतिक साँझ आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण