उच्च अदालत पुगेर लामिछानेले भने– सरकारको लाज छोपिदिन विभिन्न जिल्ला अदालत पुगिरहेको छु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले बोले दुई तिहाइको सरकारलाई अप्ठ्यारो पर्ने भएकाले नबोलेर चुप बसेको प्रतिक्रिया दिएका छन् ।
शुक्रवार काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै समय आएपछि बोल्ने बताए ।
‘म आवेग र उत्तेजनामा छैन । अहिले मैले बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला । बोल्यो भनेर गाह्रो भएको पनि होला, जब बोल्ने समय आउँछ तब केहीको बोली नै बन्द हुने अवस्था आउँछ’, लामिछानेको भनाइ छ ।
उनले मुलुकमा गम्भीर अवस्था आएको पनि बताए । तर उनले त्यो गम्भीर अवस्थाबारे भने खुलाएनन् । बरु उनले अहिलेको सरकार नाङ्गिएको दाबी गर्दै सरकारको लाज छोपिदिन मात्र आफू विभिन्न जिल्ला अदालत पुगिरहेको सुनाए । ‘समय आउँदै छ, म सबैलाई भन्न चाहन्छु ‘गेट रेडी फर द रेभुलेशन’।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण