पाँच वर्षपछि बन्यो हिट गीत ‘जेल पनि सहुँला’ को सिक्वेल
काठमाडौँ । पछिल्लो समय गीत संगीतको पनि सिक्वेल र रिमेक बन्ने क्रम बढेको छ । यस्तैमा पाँच वर्ष अघिको हिट गीत ‘जेल पनि सहुला’ को सिक्वेल सार्वजनिक भएको छ ।
‘जेल पनि सहुला–२’ नाम दिइएको गीतमा गायिका मेलिना राई र गायक बलबहादुर राजवंशीको स्वर छ । गतिको भिडियोमा अभिनेता रियल जोडी अभिनेता जीवन भट्टराई र अभनेत्री लक्ष्मी बर्देवाको अभिनय छ । गीतको भिडियोमा शिक्षिका र कार्यालय सहयोगीको प्रेम देखाइएको छ ।
अघिल्लो गीतमा उनीहरु प्रेममा सम्बन्धमा स्थापित भएको देखाइएको थियो । यसमा भने उनीहरुले प्रेम सम्बन्धलाई पूर्णता दिन सहर छिरेको देखाइएको छ । भिडियो जीवन र लक्ष्मीले नै निर्देशन गरेका हुन् । यो जोडीले अहिलेसम्म करिब चार दर्जन म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।
गीतलाई दर्शकबाट धेरै माया पाएकाले सिक्वेल निर्माण गरेको निर्देशकसमेत रहेकी नायिका लक्ष्मी बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण