एलिनाको गीतबाट अशोक शर्माकी छोरी कृतिले गरिन् अभिनयमा डेब्यु
काठमाडौँ । वरिष्ठ निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माकी छोरी कृति शर्माले अभिनय करिअर सुरु गरेकी छन् । उनले ‘रिटिङ् र्याइँर्याइँ’ बोलको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
वसन्त थापा र एलिना चौहानको स्वर, राजेन्द्र थापाको शब्द र गायक थापा स्वयंको सङ्गीत रहेको गीतको भिडियोमा कृतिले मोडल सुनिल क्षेत्रीसँग नृत्य गरेकी छन् ।
कृतिले यसअघि दुई फिल्म ‘पानी फोटो’ र ‘रातो टीका निधार’ मा सहायक निर्देशकको रूपमा काम गरेकी थिइन् । अमेरिकाबाट फिल्म मेकिङमा ब्याचलर गरेकी उनलाई पिता अशोक शर्माले ‘अल्लारे २’ को निर्देशनको जिम्मेवारी सुम्पिएको चर्चा छ ।
शर्माले फिल्म ‘रातो टीका निधारमा’ बाट छोरा अङ्कित शर्मालाई अभिनेताको रूपमा डेब्यु गराएका थिए । कृतिले आगामी दिनमा राम्रो म्युजिक भिडियोबाट प्रस्ताव आएको खण्डमा अभिनयलाई निरन्तरता दिने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण