हसन नवाजको पहिलो अन्तर्राष्ट्रिय शतकसँगै पाकिस्तानले न्युजिल्यान्डलाई हरायो
काठमाडौँ । पाकिस्तानी टोलीले शुक्रबार खेलिएको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली न्युजिल्यान्डलाई नौ विकेटले पराजित गरेको छ । पाँच खेलको शृंखलामा न्युजिल्यान्ड अझै २–१ ले अगाडि छ । शृंखलाको चौथो खेल आइतबार खेलिने छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले १९.५ ओभरमा अलआउट हुनुअघि दुई सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने १६ ओभरमै केवल एक विकेट गुमाएर दुई सय सात रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
पाकिस्तानको जितमा ओपनर हसन नवाजले शतकीय पाली खेले । उनले अविजित एक सय पाँच रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४५ बलको सामना गरी सात छक्का र १० चौका हिर्काए । २२ वर्षीय हसन नवाजले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो शतक हो ।
ओपनर मोहम्मद ह्यारिसले पनि ४१ रन बनाए । उनले केवल २० बलमा तीन छक्का र चार चौका पनि प्रहार गरे । टोलीको जितमा कप्तान सलमान अघाले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ५१ रनको योगदान गरे ।
उनले केवल ३१ बलमा दुई छक्का र ६ चौका हिर्काए । ३१ वर्षीय सलमान अघाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो अर्धशतक हो । पाकिस्तानको एकमात्र विकेट किविज बलर ज्याकब डफीले लिए । त्यसअघि, न्युजिल्यान्डका लागि मार्क चपम्यानले ९४ रन बनाएका थिए । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले केवल ४४ बलको सामना गरी चार छक्का र ११ वटा चौका पनि हिर्काएका थिए ।
कप्तान माइकल ब्रासवेलले पनि ३१ रन बनाए । ओपनर टिम सिफर्टले १९ रन जोडे । ड्यारल मिचेलले १७ रन बटुले । ईश सोढी १० रन बनाउँदै आउट भए । पाकिस्तानका बलर ह्यारिस रउफले तीन तथा साहिन शाह अफरिदी, अबरार अहमद र अब्बास अफरिदीले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
-
जर्मनीमा इन्जिनियरको रोजगारी संकट : ५० आवेदन दिँदा पनि जागिर पाएनन्
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण