समाचार
महायज्ञका लागि दलितको घर भत्काएको प्रकरण : पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ
शुक्रबार, ०८ चैत २०८१, १९ : ४५
काठमाडौँ । महायज्ञका लागि दलितको घर भत्काएको विषयमा प्रहरीले सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडा अध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डितका अनुसार पालिका अध्यक्ष शिवजी र पूर्ववडा अध्यक्ष दिलीपलाई अनुसन्धानका लागि शुक्रबार नियन्त्रणमा लिइएको हो ।
यस प्रकरणमा अहिलेसम्म जाहेरी नपरेको प्रहरीले जनाएको छ । यद्यपि, पीडित पक्षसँग पनि छलफल गरेर घटनाबारे अनुसन्धान गर्ने एसपी पण्डितले जानकारी दिए । औरही गाउँपालिकाको वडा नम्बर ५ मा दिपक मरिक (डोम)को घर भत्काएर पालिका अध्यक्ष यादव र पूर्ववडा अध्यक्ष यादवले महायज्ञको तयारी गरेका थिए ।
महायज्ञ लगाउनका लागि दलितको घर भत्काइएको विषयमा रातोपाटीले समाचार प्रकाशमा ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण