महायज्ञ गर्न उठीबास गराइएको डोम परिवारलाई धाकधम्की
सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित विष्णु महायज्ञ गर्न घर भत्काएर उठीबास लगाएको दलित (डोम) परिवारमाथि अर्को ज्यादती भएको छ ।
महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम)को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएपछि पीडित परिवारलाई धाकधम्की दिन थालिएको छ ।
बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौंदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।
यो समाचार रातोपाटीमा प्रकाशन भएपछि पीडित परिवारलाई गाउँपालिका अध्यक्ष शिवजी र जनमतका नेता दिलिपका समर्थकले धाकधम्की दिन थालेका छन् ।
पीडित अनिता मरिकलाई महायज्ञ स्थलमा रहेको एउटा घरमा थुनेर ‘म आफैँ यहाँबाट अन्यत्र गएको’ भन्न लगाइएको छ । उनले बोली फेरेको भिडियोसमेत बनाएर घटनालाई मोड्ने प्रयास भएको छ ।
गाउँपालिका अध्यक्ष र जनमतका नेताको निर्देशनमा पीडित अनितालाई धाकधम्की दिँदै सत्यतथ्य लुकाउने प्रयास गरिएको स्थानीय बताउँछन् ।
एक प्रत्यक्षदर्शीका अनुसार पीडित दिपक र उनकी श्रीमती गाउँपालिकामै सरसफाइको काम गर्छन् । जागिरबाट हटाउने र गाउँबाट निकाला गर्ने धम्की दिएपछि अनिता ‘म आफैँ यहाँबाट गएको’ भन्न विवश भएकी छन् ।
यसैबिच सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले घटनाबारे बुझ्न दुवै पक्षलाई बोलाइएको बताएका छन् । घटनाबारे आफूले जानकारी पाएको र वास्तविकता बुझ्न दुवै पक्षलाई छलफलमा बोलाइएको उनले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण