प्रयोगकर्ताको ‘डेटा’ चोरी गर्ने ३३१ एप्सलाई हटायो गूगलले
काठमाडौँ । गूगलले प्रयोगकर्ताको ‘डेटा’ चोरी गर्ने ३३१ एप्सलाई ‘प्लेस्टोर’बाट हटाएको छ । लामो अनुसन्धानपछि गूगलले ती एप्समाथि ‘एक्सन’ लिएको हो ।
गूगलले ‘वेपर’ नामको एक अप्रेसनपछि यो कदम उठाएको हो । यो अप्रेसनको सुरुवात सन् २०२४ मा भएको थियो ।
सुरुवातमा त्यस्ता एप्सको संख्या १८० भनिए पनि अनुसन्धानका क्रममा यो संख्या बढेको हो । यस्ता एप्सले प्रयोगकर्तालाई २० करोडभन्दा बढी फर्जी विज्ञापन पठाएका थिए ।
‘बिटडिफेन्डर’ नाम गरेको एक सेक्युरिटी फर्मले यसबारे जानकारी दिँदै प्रयोगकर्तालाई गलत विज्ञापन देखाइएको खुलासा गरेको थियो । यस अतिरिक्त ‘फिसिङ अट्याक’मा फसाएर प्रयोगकर्ताका विभिन्न सूचना र क्रेडिटकार्डको जानकारीसमेत चोर्ने प्रयास भएको जनाइएको थियो ।
यस्तो कार्यमा संलग्न एप्समध्ये केहीले ‘सेटिङ’मा आफ्नो नामसमेत परिवर्तन गरेको पाइएको थियो । कतिपय एप्सले प्रयोगकर्ताको मोबाइलमा फुलस्क्रिन एड देखाउने र फोनको ‘ब्याक बटन’समेत चल्न नसक्ने बनाउने गरेको पाइएको थियो ।
सामान्यतया ग्राहकलाई हानि गर्ने एप्सलाई गूगल प्लेस्टोरमा स्थान दिइँदैन । तर ती एप्सले आफूलाई स्वास्थ्य, वालपेपर, क्यूआर स्क्यानर लगायतका रूपमा पेस गरेर गूगल प्लेस्टोरलाई झुक्क्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण