बक्सिङका महान् खेलाडी ‘बिग जर्ज’ को निधन
शनिबार, ०९ चैत २०८१, ०९ : २६
काठमाडौँ । हेभिवेट बक्सिङका लिजेन्ड जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ । अमेरिकी खेलाडी रिङमा ‘बिग जर्ज’ उपनामले चिनिन्थे ।
उनले सन् १९६८ मा ओलम्पिकमा स्वर्ण पदक जितेका थिए भने २१ वर्षको अन्तरमा विश्व हेभिवेटको उपाधि २ पटक जिते । दोस्रोपटक ४५ वर्षको उमेरमा उपाधि जित्दै उनी सबैभन्दा बुढो च्याम्पियन बने ।
उनले पहिलो उपाधि सन् १९७४ मा मोहम्मद अलीसँग गुमाएका थिए । तर, आफ्नो व्यावसायिक बक्सिङ करियरमा जर्जले ७६ खेल जिते र ६८ वटा नकआउट हात पारे । यो अलीको संख्याभन्दा दुई गुणा बढी हो ।
उनले सन् १९९७ मा बक्सिङबाट संन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
-
जर्मनीमा इन्जिनियरको रोजगारी संकट : ५० आवेदन दिँदा पनि जागिर पाएनन्
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण