बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

आईपीएल ओपनर वर्षाले बिथोल्ने खतरा

यस्तो छ कोलकाता र बैंगलुरुको हेड टु हेड रेकर्ड
शनिबार, ०९ चैत २०८१, ०९ : ४८
शनिबार, ०९ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ सिजन आजबाट सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेल डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच कोलकातामा खेलिनेछ।

लिगको गत सिजनको फाइनल कोलकाता र हैदराबादबिच खेलिएको थियो। यसमा कोलकाताले हैदराबादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आईपीएलको उपाधि जितेको थियो । यता बैंगलुरु भने आफ्नो पहिलो उपाधि खोजिरहेको छ।

हेड टु हेड
हेड टु हेडमा कोलकाता अगाडि छ। यी दुईबिच हालसम्म ३५ आईपीएल खेल खेलिएका छन्।  यसमध्ये कोलकाताले २१ र बैंगलुरुले १४ खेल जितेको छ।

इडेन गार्डेनमा दुवै टोली १२ पटक भिडेका छन्, जसमध्ये कोलकाताले ८ पटक जितेको छ भने बैंगलुरुले ४ पटक मात्र जितेको छ।

विश्वस्तरीय अलराउन्डर
कोलकाताको कमान अनुभवी अजिंक्य रहाणेलाई सुम्पिएको छ। अलराउन्डरहरूमा आन्द्रे रसेल, रमनदीप सिंह र वेंकटेश अय्यर समावेश छन्। टोलीमा वरुण चक्रवर्ती, स्पेन्सर जोनसन, वैभव अरोरा र हर्षित राणा जस्ता उत्कृष्ट बलरहरू पनि छन्।

गत सिजन टोलीका लागि सुनिल नरेनले सर्वाधिन ४८८ रन बनाएका थिए भने वरुण चक्रवर्तीले १५ खेलबाट २१ विकेट लिएका थिए ।

बलिङ लाइनअपमा सुधार
बैंगलुरुले आईपीएलमा प्रायः आफ्ना बलरहरूका कारण संघर्ष गरेको छ । तर टोलीले यस सिजनको लागि जोश हेजलवुड र भुवनेश्वर कुमार जस्ता म्याच विजेताहरूलाई समावेश गरेको छ। यद्यपि, टोलीमा म्याच जिताउने स्पिनरको अभाव छ, क्रुणाल पाण्ड्या टोलीका सबैभन्दा अनुभवी स्पिनर हुन्। फ्रेन्चाइजीले आईपीएल २०२५ को लागि रजत पाटीदारलाई कप्तान नियुक्त गरेको छ।

गत सिजन टोलीका लागि विराट कोहलीले १५ खेलमा सर्वाधिक ७४१ रन जोडेका थिए । यता बलिङमा यश दयालले १४ खेलमा १५ विकेट लिएका थिए ।

पिच रिपोर्ट 
इडेन गार्डेन स्टेडियमको पिच ब्याटिङमैत्री छ। यस रंगशालामा हालसम्म ९३ वटा आईपीएल खेल खेलाइएको छ। यहाँ पहिले ब्याटिङ गर्ने टोलीहरूले ३८ खेल जितेका छन् र पछ्याउने टोलीहरूले ५५ खेल जितेका छन्। यस रंगशालामा सर्वाधिक टोली स्कोर २६२/२ हो, जुन गत वर्ष पञ्जाब किंग्सले कोलकाताविरुद्ध बनाएको थियो।

maidan

मौसम अवस्था
शनिबार कोलकाताको मौसम राम्रो हुनेछैन। केही क्षेत्रमा बिहानैदेखि पानी पर्ने सम्भावना छ। दिनभरि बादल लाग्नेछ । यहाँ पानी पर्ने सम्भावना ७४% छ। यहाँको तापक्रम २१ देखि २८ डिग्रीको बिचमा रहने अनुमान गरिएको छ।

ipl logo

दुवै टोलीको सम्भावित प्लेइङ-११ 
कोलकाता नाइट राइडर्स: अजिंक्य रहाणे (कप्तान), सुनिल नरेन, क्विन्टन डी कक (विकेटकिपर), वेंकटेश अय्यर, अंगकृष रघुवंशी/मनिष पाण्डे, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, स्पेन्सर जोनसन, वैभव अरोरा, हर्षित राणा र वरुण चक्रवर्ती।

रोयल च्यालेन्जर्स बैंगलोर: रजत पाटीदार (कप्तान), विराट कोहली, फिल साल्ट, लियाम लिभिङस्टोन, जितेश शर्मा, टिम डेभिड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जोश हेजलवुड, यश दयाल र सुयश शर्मा।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप