गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु
शनिबार, ०९ चैत २०८१, २१ : १३
तेल अभिभ । गाजा पट्टीमा गएको ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु भएको छ भने २६३ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिबार बताएका छन् ।
सन् २०२३ को अक्टोबरमा सुरु भएको प्यालेस्टाइन–इजरायली द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार ७४७ पुगेको छ भने घाइतेको सङ्ख्या एक लाख १३ हजार २१३ पुगेको छ ।
विज्ञप्तिमा धेरै पीडितहरू भग्नावशेषमा फसेका र नागरिक रक्षा टोलीहरूको पहुँच बाहिर रहेको उल्लेख गरिएको छ । स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका बासिन्दाहरूलाई एन्क्लेभमा रहेका अस्पतालहरूमा गएर रक्तदान गर्न आह्वान गरेका छन् ।
जनवरी १९ मा सुरु भएको हमाससँगको युद्धविराम भङ्ग भएपछि इजरायलले मङ्गलबार गाजामा पुनः आक्रमण सुरु गरेसँगै इजरायली सेनाले दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन अपरेशन सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण