सट्टेबाजीमा हारेपछि आफ्नै घरबेटीलाई धम्क्याएर मागे रकम

काठमाडौँ। सुदीप कुमार साह मेडिकल व्यवसायी हुन् । काठमाडौं–३२ कोटेश्वरस्थित महादेवस्थानमा उनले ‘गुप्ता फार्मेसी’ सञ्चालन गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिका–२ घर भएका उनी मध्यपुर थिमी नगरपालिका–२ लोकन्थलीमा बस्छन् ।
साह अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । आपराधिक लाभ ‘एक्स्टर्सन’ लिन नहुने कसुरमा उनी चैत ७ मा पक्राउ परेका थिए । उनले आफू बस्ने घरबेटी र मेडिकल राखेको घरधनीलाई धम्क्याए रकम मागेको आरोप छ । नयाँ सिमकार्ड लिएर साहले आफ्नै घरबेटीलाई धम्की दिएर रकम मागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘आफ्ना दुवै घरबेटीलाई धम्की दिएर उनले रकम असुल्न खोजेको देखिन्छ ।’
गुण्डागर्दीमा संलग्न ‘श्याम लामाको केटा हुँ भनेर उनले १० लाख रकम मागेको अनुसन्धानबाट थाहा भएको छ । परिवारका सदस्यको विस्तृत विवरण भन्दै उनले रकम नदिए ‘अपहरण’ गर्नेसम्मको धम्की दिएका एसपी आचार्यले बताए ।
साह सट्टेबाजी खेलाडी हुन् । उनले फार्मेसी राखेको घरका घरबेटीसँग १ लाख रुपैयाँ ऋण लिएका थिए । सो रकम तिर्न सकेका थिएनन् । सट्टेबाजीमा हारेपछि उनले सहज रूपमा रकम असुल्ने उद्देश्यले आफ्नै घरबेटीलाई फोन गरेर धम्की दिएका प्रहरी अनुसन्धानको निष्कर्ष छ । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
यो पनि पढौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
अक्षय र अरशदलाई उच्च अदालतबाट राहत
-
रोमाञ्चक फाइनलमा पुनरागमन गर्दै अल्काराजलाई फ्रेन्च ओपनको उपाधि
-
प्रशिक्षकप्रति विश्वास गुमेको भन्दै लेवान्डोस्कीद्वारा राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा
-
‘यो करियर बनाउने समय हो, प्रेम गर्ने होइन’