रोमाञ्चक फाइनलमा पुनरागमन गर्दै अल्काराजलाई फ्रेन्च ओपनको उपाधि
सारांश
- कार्लोस अल्काराजले फ्रेन्च ओपनको फाइनलमा जानिक सिनरलाई हराउँदै उपाधि जिते, जुन खेल ५ घण्टा २९ मिनेट लामो थियो।
- अल्काराजले २ सेटले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित हासिल गरे, र यो फ्रेन्च ओपन इतिहासकै लामो फाइनल बन्यो।
- विश्व नम्बर दुई अल्काराजले सिनरलाई पराजित गर्दै आफ्नो करियरको पाँचौ ग्रान्ड स्लाम उपाधि जिते।
पेरिस । साबिक विजेता कार्लोस अल्काराजले दुई सेटले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै तीनवटा च्याम्पियनसिप पोइन्ट बचाएर इटालीका जानिक सिनरलाई हराउँदै फ्रेन्च ओपन पुरुष एकल उपाधि जितेका छन्।
सिनरले जब चौथो सेटमा ५-३ को अग्रता लिएर जितको नजिक पुगेका थिए, त्यतिबेला अल्काराजको राज अन्त्य हुने देखिएको थियो। तर २२ वर्षीय स्पेनिस खेलाडी अल्काराजले अविश्वसनीय संघर्ष प्रदर्शन गर्दै पाँच घण्टा २९ मिनेट लामो खेलमा ४-६, ६-७ (४-७), ६-४, ७-६ (७-३), ७-६ (१०-२) को जित हासिल गरे।
यो फ्रेन्च ओपन इतिहासको सबैभन्दा लामो फाइनल खेल हो। कोर्ट फिलिप चाट्रियेरमा भएको यो रोमाञ्चक खेलमा अल्काराजले आफ्नो करियरको उत्कृष्ट प्रदर्शन गर्दै पाँचौं ग्रान्ड स्लाम उपाधि जिते।
विजय भाषणमा उनले सिनरलाई भने, ‘तपाईँको स्तर साँच्चिकै अद्भुत हुनुहुन्छ। हरेक प्रतियोगितामा तपाईँको साथ कोर्ट साझा गर्नु र इतिहास बनाउनु सौभाग्यको कुरा हो।’
अल्काराज २०१९ को विम्बल्डन फाइनलमा नोभाक जोकोभिचले रोजर फेडेरलाई हराएपछि म्याच पोइन्ट बचाएर ग्रान्ड स्लाम जित्ने पहिलो पुरुष खेलाडी बनेका छन्। विश्व नम्बर दुई अल्काराजले यसअघि कहिल्यै दुई सेटले पछि परेपछि म्याच जितेका थिएनन्।
पहिलो पटक फ्रेन्च ओपन जित्ने प्रयासमा रहेका सिनरको लगातार तेस्रो ग्रान्ड स्लाम जित्ने आशा भने यो रोमाञ्चक भिडन्तमा चकनाचुर भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण