कोशी गाउँपालिकाका अध्यक्षद्वारा सुरक्षाकर्मीमाथि गालीगलौज, तीन वटा मुद्दा चलाउने तयारीमा प्रहरी
विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले ड्युटीमा खटिएका प्रहरीलाई मनपरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारबाहीको प्रक्रिया अगाडी बढाएको छ ।
सुरक्षामा खटिएको प्रहरीलाई पालिका अध्यक्ष अन्सारीले अपशब्द प्रयोग गर्दै मनपरी बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सुनसरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
गाउँपालिका अध्यक्ष अन्सारीले मनपरी बोल्दै प्रहरीको मनोबल गिराएको भन्दै सुनसरी प्रहरीलाई अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले बताए ।
‘गाउँपालिकाको अध्यक्ष जस्तो व्यक्तिले सुरक्षामा खटिएको प्रहरीमाथि मनपरी तरिकाले अपशब्द बोलेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ । मैले सुनसरी प्रहरीलाई यस घटनलाई गम्भीर रूपमा अनुसन्धान गर्न भनेको छु ,’ डिआइजी कार्कीले भने, ‘दोषी देखिनेलाई कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको छु । सुनसरी प्रहरी त्यही अनुसार अडी बढ्नेछ ।’
पालिका अध्यक्ष अन्सारीले कोशी कटानमा ड्युटीमा रहेका ट्राफिकका सई कमलप्रसाद दाहाल र ट्राफिक असई सन्तोष मिश्रमाथि उनले अपशब्दसहित गाली गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले तीन वटा विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए । ‘ड्युटीमा रहेका असई र ट्राफिकमाथि गालीगलौज गरेको तथा सार्वजनिक ठाउँमा दुर्व्यवहार गरेको देखिएको छ । यस घटनलाई गम्भीर रूपमा लिएर हामीले अनुसन्धान अगाडी बढाएको छ,’ एसपी तिम्सिनाले भने ।
सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको, राष्ट्र सेवक कर्मचारीलाई कर्तव्य निर्वाहको क्रममा बाधा अवरोध गरेको एसपी तिम्सिनाले बताए । ‘हामीले यी तीन विषयमा अनुसन्धान सुरु गरेका छाैँ,’ एसपी तिम्सिनाले भने, ‘यस मुद्दाको तीन महिने हदम्याद हुन्छ । हामी त्यही अनुसार प्रक्रिया अगाडी बढाउनेछौँ ।’
प्रहरी र पालिका अध्यक्षबिच भएको के हो ?
जेठ २३ गते को १ त ४९४३ नम्बरको बाँस लोड गरिएको ट्याक्टर ट्राफिक प्रहरीका असई रामराजा यादवले रोक्छन् । ट्याक्टर ओभर लोड पाइएपछि जरिबाना तिराइन्छ ।
ट्याक्टरका चालक गाउँपालिकाका अध्यक्ष अन्सारीका आफन्त हुन् । ती चालकले फोन गरेपछि पुगेका अध्यक्षले मेरो पालिकाका जनतालाई दुःख दिने भन्दै मुखमा आएजति गाली गरेका छन् ।
अन्सारीले प्रहरीले घुस खाएको आरोप लगाउँदै आफूले गरेको फोन पनि नउठाएको भनेर गाली गरेका छन् । केही दिनअघि दूध बोकेको मोटरसाइकललाई पनि ओभर लोडमा ५ सयको चिट काटिएको थियो । त्यो मोटरसाइकल रोकेका कारण दूध फाटेको पनि अन्सारीले आरोप लगाएका छन् ।
मनपरी गाली गरेको भिडिओ भाइरल भएर आलोचना बढेपछि पालिका अध्यक्ष अन्सारीले मैले कुनै पनि अपशब्द नबोलेको दाबी गरेका छन् । ‘मैले कुनै भिडियामा पनि केही बोलेको छैन । मलाई यो विषयमा थाहा छैन’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण