सुनकोशी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
सारांश
- सुनकोशी गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्दै ज्येष्ठ नागरिक, उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गर्यो।
- ८० वर्ष पुगेका ४८० ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट, इलेक्ट्रिक जग र थर्मस प्रदान गरियो।
- राष्ट्रपति रनिङ शिल्ड विजेता, एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शतप्रतिशत नतिजा ल्याउने विद्यालयलाई पनि सम्मान गरियो।
ओखलढुङ्गा । यहाँको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
पालिकास्तरीय सार्वजनिक सुनुवाइ र ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको हो । १० वटा वडा रहेको पालिकामा ८० वर्ष पुगेका ४८० ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट, इलेक्ट्रिक जग र थर्मस प्रदान गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।
त्यसैगरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक विजेतालाई नगदसहित कद पत्रले सम्मान गरिएको छ । स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः नगद रु दुई हजार, एक हजार पाँच सय र एक हजार सहित सम्मान गरिएको हो । पालिकाबाट प्रतियोगितामा भाग लिई ३१ जनाले स्वर्ण, १२ जनाले रजत र तीन जनाले कांस्य पदक प्राप्त गरेका थिए ।
दुई आर्थिक वर्षको एसइई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने छात्रछात्रालाई नगदसहित कद पत्रले सम्मान गरिएको छ । आर्थिक वर्ष २०७९र८० र आर्थिक वर्ष २०८०र८१ मा उत्कृष्ट जिपिए ल्याउने पाँच छात्रछात्रालाई नगद रु पाँच हजारसहित कद पत्रले सम्मान गरिएको हो ।
एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयलाई पनि सम्मान गरिएको छ । तीन वटा विद्यालयले आर्थिक वर्ष २०८०र८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका थिए । सुनकोशी माध्यमिक विद्यालय बलखु गौडा, आरुभञ्ज्याङ माध्यमिक विद्यालय बलखु र पञ्चकन्या माध्यमिक विद्यालय सिस्नेरीले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका थिए । ती विद्यालयलाई नगद रु २० हजारसहित कद पत्रले सम्मान गरिएको शिक्षा शाखा प्रमुख विवेक तामाङले जानकारी दिए ।
शिक्षामा उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यालय र विद्यार्थीहरूको मनोबल उच्च पार्दै हौसला प्रदान गर्न सम्मान गरिएको पालिका अध्यक्ष कमल तामाङले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण