सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु
आइतबार, २५ जेठ २०८२, १६ : ३५

काभ्रे। काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ३ स्थित चुखावेशीमा सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाभारत गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय साजन बाईबा छन् ।
सुनकोशीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिन बहादुर घलेले रातोपाटीलाई बताए ।
मृतक बाईबा वृहत् खानेपानी आयोजनाको ट्याङ्की बनाउने मजदुर हुन् । पौडी खेल्दा डुबेका उनी करिब ५० मिटर तल मृत भेटिएका डीएसपी घलेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)