सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु
आइतबार, २५ जेठ २०८२, १६ : ३५
काभ्रे। काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ३ स्थित चुखावेशीमा सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाभारत गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय साजन बाईबा छन् ।
सुनकोशीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिन बहादुर घलेले रातोपाटीलाई बताए ।
मृतक बाईबा वृहत् खानेपानी आयोजनाको ट्याङ्की बनाउने मजदुर हुन् । पौडी खेल्दा डुबेका उनी करिब ५० मिटर तल मृत भेटिएका डीएसपी घलेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण