आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

छोराको प्रेमिकालाई आगो लगाएर हत्या गरी फरार बुवा पक्राउ

आइतबार, २५ जेठ २०८२, १६ : ४४
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • २०७६ सालमा भएको कर्तव्य ज्यान मुद्दामा फरार रहेका एसराज लामालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
  • विराटनगरमा एक युवतीलाई पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएपछि एसराज लामासहित परिवारविरुद्ध मुद्दा दर्ता भएको थियो।
  • प्रहरीले एसराज लामालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ र अदालतबाट म्याद थप गरिएको छ।

मोरङ । २०७६ सालमा भएको कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई मोरङ प्रहरीले शनिबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामा पक्राउ परेका हुन् ।

झापाको अर्जुनधारा नगरपालिका–११ घर भएकी २१ वर्षीय ईशा योगी शेर्पाको विराटनगर महानगरपालिका–१६ मा भाडा बसेर पसलमा काम गर्ने क्रममा रेम्बो भन्ने रुद्र राज लामासँग प्रेम गाँसिएको थियो । तर, दुई जनाबिच विवाद भएपछि २०७६ वैशाख १ गते रुद्र राज लामाले ईशालाई घरमा बोलाएर परिवारसमेतको मिलेमतोमा उनको शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते बनाएका थिए। 

ईशालाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै काठमाडौँको कीर्तिपुरस्थित अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो। लामासहित उनको परिवारविरुद्ध २०७६ साल जेठ १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको भएको थियो । त्यसयता उनीहरू फरार रहेका थिए।

गोप्य सूचनाको आधारमा मोरङ प्रहरीको टोलीले रुद्र लामाका बुवा एसराज लामालाई २०८२ जेठ २४ गते पक्राउ गर्न सफल भएको थियो ।  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार उनलाई मोरङ जिल्ला अदालतबाट जेठ २६ गतेबाट लागू हुने गरी ५ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप