प्रशिक्षकप्रति विश्वास गुमेको भन्दै लेवान्डोस्कीद्वारा राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा
सारांश
- रोबर्ट लेवान्डोस्कीले प्रशिक्षक मिखाल प्रोबिएर्जको कार्यकालभरि पोल्याण्डको राष्ट्रिय टोलीबाट खेल्न अस्वीकार गरेका छन्।
- लेवान्डोस्कीले प्रशिक्षकमाथि विश्वास गुमाएको र समर्थकका लागि फेरि खेल्ने आशा राखेको बताएका छन्।
- पोल्याण्ड फुटबल संघले जिएलिन्स्कीलाई नयाँ कप्तान नियुक्त गरेको छ, र प्रोबिएर्ज सन् २०२३ मा प्रशिक्षक बनेका थिए।
वारस । पोल्याण्डका कीर्तिमानी गोलकर्ता रोबर्ट लेवान्डोस्कीले मिखाल प्रोबिएर्ज राष्ट्रिय टोलीका प्रशिक्षक रहेसम्म आफ्नो देशका लागि नखेल्ने घोषणा गरेका छन् ।
३६ वर्षीय स्ट्राइकरले पोल्याण्डको लागि १५८ खेलमा ८५ गोल गरेका छन्, तर हालको अन्तर्राष्ट्रिय खेलमा उनी टोलीमा परेका छैनन्।
पोलिस फुटबल संघले आइतबार एक विज्ञप्तिमा प्रशिक्षक प्रोबिएर्जले व्यक्तिगत रूपमा लेवान्डोस्की, सम्पूर्ण टोली र प्रशिक्षण स्टाफलाई नयाँ कप्तानको रूपमा इन्टर मिलानका मिडफिल्डर पिओत्र जिएलिन्स्कीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी गराएको बताएको थियो।
यस निर्णयपछि बार्सिलोनाका खेलाडी लेवान्डोस्कीले सामाजिक सञ्जालमा लेखे, ‘परिस्थितिहरूलाई ध्यानमा राख्दै र प्रशिक्षकप्रति विश्वास गुमेकाले, म उहाँको कार्यकालभरि पोल्याण्ड राष्ट्रिय टोलीका लागि खेल्नबाट राजीनामा दिने निर्णय लिएको छु। म आशा गर्छु कि फेरि एकपटक उत्कृष्ट समर्थकहरूका लागि खेल्ने मौका पाउनेछु।’
संघले प्रशिक्षक प्रोबिएर्जले सोमबार पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नहरूको जवाफ दिने जनाएको छ । उक्त कार्यक्रममा ३१ वर्षीय कप्तान जिएलिन्स्की पनि सहभागी हुनेछन्।
५२ वर्षीय प्रोबिएर्ज सन् २०२३ को सेप्टेम्बरमा प्रशिक्षक बनेका थिए, तर युरो २०२४ मा उनको टोली समूहको पुछारमा रहँदै प्रतियोगिताबाट सबैभन्दा पहिला बाहिरिएको थियो।
सन् २०२६ को विश्वकप छनोटमा भने पोल्याण्ड दुई खेलमा दुई जित निकाल्दै समूहको शीर्ष स्थानमा रहेको छ। नेदरल्याण्ड्सले एक खेलबाट तीन अंक बटुलेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण