सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सोमबार, २६ जेठ २०८२, ०६ : ४९
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • प्रतिनिधिसभाको बैठक आज बस्दैछ, जुन छैटौँ अधिवेशनको २५ औँ बैठक हो।
  • बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरू पढेर सुनाउनेछन्।
  • राज्य व्यवस्था तथा सुशासन समितिले 'संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२' पेस गर्नेछ, र अर्थमन्त्रीले बजेटमाथि छलफल प्रारम्भ गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २५ औँ  बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको हो । तर, विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ ।

महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले "संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२" पेस गर्ने कार्यसूची छ । 

यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित “आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।

pedtv9ou5nhobvct

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप