नेपालको हार तर बने यी रेकर्ड

समाचार सारांश
- स्कटल्याण्डमा भएको खेलमा नेपाल २ रनले पराजित भयो, तर एकदिवसीयमा सर्वाधिक रनको कीर्तिमान बनायो।
- दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले सातौँ विकेटका लागि शतकीय साझेदारी गर्दै नयाँ कीर्तिमान बनाए।
- स्कटल्याण्डले ३२४ रनको लक्ष्य दिएकोमा नेपालले ३२१ रन बनायो, जसले गर्दा ऐतिहासिक जितबाट चुक्यो।
काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी शृङ्खलामा आफ्नो तेस्रो खेलमा नेपाल आयोजक राष्ट्रसँग २ रनले पराजित भएको छ । स्कटल्याण्डले जितका लागि ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २१ मात्र बनाउन सक्यो ।
खेलमा पराजित भए पनि नेपालले एकदिवसीयमा आफ्नो सबैभन्दा ठुलो स्कोरको रेकर्ड भने बनाएको छ । यसअघि टोलीले सन् २०२३ मा कीर्तिपुरस्थित त्रिवि विश्व विद्यालय मैदानमा ओमानविरुद्ध ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १० रन बनाएको थियो ।
सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले पनि नयाँ रेकर्ड बनाएका छन् । उनीहरुले नेपालका लागि एकदिवसीयमा सातौँ विकेटका लागि सबैभन्दा ठुलो साझेदारी गरेका हुन् ।
दीपेन्द्र र सोमपाल मिलेर शतकीय साझेदारी गरे । उनीहरुले मात्र ६५ बलमा १ सय ५ रन बनाए । दीपेन्द्रले ५१ बलमा ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले २ चौका हिर्काए । सोमपाल पनि अर्धशतक बनाउँदै आउट भए । उनले मात्र ४४ बलमा ६७ रन बनाउँदै आउट भए । उनले ३ चौका र ४ छक्का प्रहार गरे । यसअघि आरिफ शेख र गुल्सन झाले ६८ रनको रेकर्ड राखेका थिए ।
आजको खेल जितेको भए नेपालको अर्को नयाँ रेकर्ड बन्ने थियो । गत सोमबार नेपालले स्कटल्याण्डले नै प्रस्तुत गरेको २ सय ९७ रनको लक्ष्य पछ्याउँदै एकदिवसीयमा सबैभन्दा ठुलो लक्ष्य पछ्याएको रेकर्ड बनाएको थियो । आज यो रेकर्ड भने नेपालले तोड्न सकेन ।
आज दुवै टोलीले कूल ६ सय ४४ रन बनाए । दुई टोलीबिच खेलिएको एकदिवसीय खेलमा सबैभन्दा ठुलो समग्र स्कोर पनि हो । यसअघि सोमबार यही शृङ्खलामा दुई टोलीले कूल ५ सय ९३ रन जोडेका थिए ।
आज टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २४ रन बनाएको थियो । टोलीका लागि कप्तान रिची बेरिङटनले शतकीय इनिङ्स खेले । उनले १ सय १४ बलको सामना गर्दै ६ चौका र ४ छक्काको मद्दतले १ सय २ रन जोडे ।
उनले माइकल लिस्कसँग मिलेर स्कटल्याण्डका लागि छैटौँ विकेटमा १ सय २५ रनको कीर्तिमानी साझेदारी गरे । लिस्कले तीव्र गतिमा रन बनाउँदै ६२ बलमा ९६ रन जोडे । उनी शतक बनाउनबाट मात्र ४ रनले चुके । उनले १२ चौका र ३ छक्का प्रहार गरे ।
ICC CWC League 2, 2023-27
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट
-
सदरमुकामकै सडक एक दशकदेखि जीर्ण
-
युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु