शतक बनाएपछि ‘उल्टी जम्प’ गर्ने ऋषभसहित सबै खेलाडीलाई जरिवाना
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हरायो ।
आफ्नो टोली पराजित भए पनि आईपीएलको यो संस्करणका सबैभन्दा महंगा खेलाडी ऋषभ पन्तका लागि भने त्यो खेल उपलब्धिमूलक रह्यो । यसअघि कुनै पनि खेलमा नचलेका ऋषभले बेंगलुरुविरुद्ध शतक बनाएका थिए ।
उक्त खेलमा उनले अविजित एक सय १८ रन बनाएका थिए । यस क्रममा उनले केवल ६१ बलको सामना गरी आठ छक्का र ११ वटा चौका हिर्काएका थिए । त्यसैले शतक पूरा गरेपछि उनी बढी नै खुसी देखिएका थिए ।
शतक पूरा गरेपछि उनले आफ्नो पञ्जा फुकाले । त्यसपछि उनले खुसीयाली मनाउन ‘उल्टी जम्प’ हानेका थिए । एकातरि, ऋषभका लागि बेंगलुरुविरुद्धको खेल सुखद रह्यो भने अर्कोतिर, उनले ठुलो रकम जरिवाना पनि तिर्नुपर्ने भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ऋषभमाथि ३० लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ । खासमा स्लो ओभर रेटका कारण उनीमाथि यति ठुलो रकम जरिवाना लगाइएको हो । उनी लखनउका कप्तान पनि हुन् ।
लखनउका अन्य खेलाडीमाथि पनि जरिवाना लगाइएको छ । अन्य खेलाडीमाथि भने म्याच फिको ५० प्रतिशतक रकम जरिवाना लगाइएको समाचारमा जनाइएको छ । खेलमा इम्प्याक्ट प्लेयरका रुपमा मैदान प्रवेश गरेका खेलाडीले पनि जरिवाना तिर्नुपर्ने भएको छ ।
समग्रमा ऋषभ पन्तका लागि आईपीएलको यो सिजन सुदख रहेन । उनले आईपीएलको अघिल्ला १३ खेलमा कुल एक सय ५१ रनमात्र बनाउन सकेका थिए । तर, लिग चरणको अन्तिम खेलमा भने उनले शतकीय पाली खेले ।
उनले जारी आईपीएलमा समग्रमा २४.४५ को औसतले कुल दुई सय ६९ रन बनाए । जबकी यो सिजनका लागि उनलाई लखनउले २७ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो । लखनउले उनको कप्तानीमा उपाधि जित्ने लक्ष्य लिएको थियो । जबकी टोली लिग चरणबाटै बाहिरिन बाध्य भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण