भारत सरकारको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास तथा चमेना गृह बन्ने

समाचार सारांश
- मुस्ताङको लोमान्थाङ गाउँपालिकामा श्री दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन र चमेना गृह निर्माणको शिलान्यास गरियो।
- भारत सरकारको ३।७६ करोड रुपैयाँ आर्थिक सहयोगमा भवन निर्माण हुने, जसमा शौचालय, बाथरुम, भोजन कक्ष लगायतका सुविधाहरू समावेश छन्।
- लोमान्थाङ गाउँपालिका र लो-घेकर दामोदर कुण्ड गाउँपालिकाका बालबालिकालाई सेवा पुर्याउने लक्ष्यका साथ विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नेछ।
मुस्ताङ । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकास्थित श्री दिव्य दीप माध्यमिक विद्यालयको लागि छात्रावास भवन तथा चमेना गृह निर्माणको आइतबार शिलान्यास गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप(प्रमुख प्रसन्न श्रीवास्तव र मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा निर्माणको शिलान्यास गरेका हुन् ।
‘नेपाल(भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको ३।७६ करोड रुपैयाँ आर्थिक सहयोगमा परियोजना लागतमा श्री दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माण भइरहेको छ । भारत सरकारको अनुदान शौचालय, बाथरुम, भोजन कक्षसहितको भान्छा गृह, विश्राम कक्ष र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिँदै छ ।
यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र मुस्ताङको लोमान्थाङ गाउँपालिका मार्फत कार्यान्वयन गरिँदै छ । यो विद्यालय माथिल्लो मुस्ताङमा रहेको एक मात्र उच्च माध्यमिक विद्यालय हो ।
यसले लो-घेकर दामोदर कुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा बस्ने बालबालिकाहरूलाई सेवा प्रदान गर्दछ । यस विद्यालयले अनुभवी र प्रेरणादायी शिक्षकहरू मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ ।
उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल