अपडेट
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
सोमबार, ११ चैत २०८१, १९ : ४६
काठमाडौँ । सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार दैनिक प्रशासनिक कामकारबाहीका साथै केही सरुवा बढुवाका सम्बन्धमा निर्णय गर्ने बैठकको एजेण्डा रहेको छ । मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको भेटवार्ताले संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति गरेको थियो । सोहीअनुसार सर्च कमिटी बनाउनेबारे समेत बैठकबाट निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण