धनगढी हाफ म्याराथनको ११औँ संस्करण वैशाख १ गते
काठमाडौँ । धनगढी हाफ म्याराथनको ११औँ संस्करण २०८२ सालको वैशाख १ गते आयोजना हुने भएको छ । ‘अब धनगढी दौडन्छ’ भन्ने नाराका साथ आयोजना हुने धनगढी हाफ म्याराथन नयाँ वर्षको दिन आयोजना गरिने जानकारी आयोजक धनगढी जेसिजले दिएको हो ।
धनगढी हाफ म्याराथनको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जानकारी प्रतियोगिताका संयोजक तथा धनगढी जेसिज २०२५ का कार्यकारी उपाध्यक्ष दीपक गौतमले दिए ।
धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड हुँदै पुनः धनगढी रंगशालामा पुगेर सम्पन्न हुनेछ । प्रतियोगितामा महिला कर्पोरेट र सञ्चारतर्फको पाँच किलोमिटरको दौड पनि समावेश गरिएको आयोजकले जनाएको छ ।
दुईवटै विधाका विजेताले सात हजार पाँच सय, उपविजेताले पाँच हजार र तेस्रो हुनेले दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । धनगढी जेसिजले सन् २०१४ देखि नयाँ वर्षको अवसरमा धनगढी हाफ म्याराथन आयोजना गर्दै आएको छ ।
गत वर्ष सम्पन्न १०औँ संस्करणदेखि नेपाल एथलेटिक्स संघबाट स्वीकृति प्राप्त गरेकाले धनगढी हाफ म्याराथनमा कुनै कीर्तिमान बनेमा त्यसले पनि मान्यता पाउने जानकारी धनगढी जेसिजका महासचिव आशिष शाहले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण