बुबालाई थाहै नदिई सानोबुबाले प्लेन हाइज्याक गर्नुभयो : शशांक
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालाले आफ्नो बुबा विश्वेश्वरप्रसाद (बिपी) कोइरालालाई थाहै नदिई ‘प्लेन हाइज्याक’ गरेको बताएका छन् ।
काठमाडौँमा आयोजित सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ शीर्षकको आत्मकथा विमोचन कार्यक्रममा डा. कोइरालाले पहिला प्लेन हाइज्याक गरेपछि मात्रै गिरिजाले बिपीलाई जानकारी दिएको बताए ।
‘सानोबुबाले बुबालाई थाहै नदिई प्लेन हाइज्याक गर्नुभएको हो,’ डा. कोइरालाले भने, ‘राति प्लेन हाइज्याक भयो । अर्कोदिन बिहान उहाँले बुबालाई आएर भन्नुभयो, सान्दाजु मैले त प्लेन हाइज्याक गरे ।’
गिरिजाको कुरा सुनेपछि बिपीले किन त्यस्तो गरेको भनेर सोधेको पनि उनले बताए । डा. कोइरालाले भने, ‘किन नसोधी त्यस्तो काम गरेको भन्नुभयो । जवाफमा सानोबुबाले पैसा नभएर गाह्रो भएपछि हाइज्याकिङ गरेको जानकारी गराउनुभयो । जनताको पैसा जनताका लागि खर्च गरौँ भन्ने उद्देश्य हो भन्नुभयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण