भ्रष्टाचार मुद्दामा वडाध्यक्षसहित तीन जनालाई सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सहित पालिकाका अन्य दुई कर्मचारीलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि उक्त फैसला उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
वडाध्यक्ष रमेश कुमार बस्नेत, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जीवन सुवेदीलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मङ्सिर २५ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा सो विपरीत हुने गरी झुट्टा विल भरपाईको आधारमा भुक्तानी गरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ६ लाख बिगो माग दाबी सहित आरोपपत्र दायर गरेको थियो ।
निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा सो विपरीत हुने गरी झुट्टा विल भरपाईको आधारमा ६ लाख ६० हजार भुक्तानी गरेकोमा लेखापरीक्षण बेरुजु पश्चात् ६० हजार रकम दाखिला भएको भन्दै ६ लाख बिगो बमोजिम जरिवाना कायम गरी आरोपपत्र दायर गरेको थियो ।
तर, विशेष अदालतले २६ मङ्सिर २०८० मा फैसला गर्दै उक्त भ्रष्टाचार मुद्दामा अदालतले सफाइ दिएको थियो । विशेष अदालतको फैसला चित्त नबुझेपछि आफूहरूले सर्वोच्च अदालतमा पुनरावेदन दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका प्रवक्ता नरहरि घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता असल पार्टीबाट निष्कासित
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण