गणेश थापालाई कारबाहीका लागि फिफा, एएफसी, अख्तियारलगायतका निकायमा पत्रचार गरिने
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको नवौँ बैठकले पूर्वअध्यक्ष गणेश थापाले विश्व फुटबल महासंघ (फिफा) को निर्देशन उल्लंघन गरेको निश्कर्ष निकालेको छ ।
एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बसेको कार्यसमिित बैठकले फिफाको निर्देशन उल्लंघन गरेको भन्दै एन्फाका पूर्वअध्यक्ष थापाविरुद्ध आवश्यक अनुसन्धान र कारबाहीका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा पत्राचार गर्ने निर्णय गरेको हो ।
‘फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापासम्बन्धि विभिन्न भ्रष्टाचारलगायतका विषयमा फिफाको निर्देशन उल्लंघन र अन्य गतिविधिलाई आवश्यक अनुस तथा छानबिन गरी कारवाहीका लागि फिफा, एएफसी, अख्तियार दूरुपयोग अनुशन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यक्ता अनुसार पत्राचार गर्ने निर्णय गरियो,’ कार्यसमिति बैठकले गरेको निर्णयमा भनिएको छ ।
यसैगरी, मंगलबार सम्पन्न कार्यसमिति बैठकले एन्फाका वर्तमान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्ति उपरका गम्भीर प्रकृतिका उजुरीलाई छानबिनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण