ओसन कप यू–१३ राष्ट्रिय फुटबलको १० औँ संस्करणमा १२ टोली
काठमाडौँ । गोरखाको द ओसन क्लबले ‘ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिता’ को १०औँ संस्करण चैत २८ देखि २०८२ साल वैशाख १ गतेसम्म आयोजना गर्ने भएको छ । गोरखा भ्रमण वर्ष २०२५ को अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहने छ । त्यसमध्ये नौवटा टोली गोरखा जिल्ला बाहिरका हुन् । प्रतियोगितामा ललितपुरको थ्रिस्टार क्लब, काठमाडौँको समाज कल्याण खेलकुद केन्द्र क्लब र काठमाडौँकै जी एन्ड ए एकेडेमीको सहभागिता रहनेछ ।
यसैगरी, कैलालीको घोडाघोडी फुटबल क्लब, उदयपुरको कटारी टाइगर फुटबल क्लब, बाराको नव जनजागृती भेट्रान्स क्लब, चितवनको पटिहानी फुटबल क्लब, चितवनकै नारायणगढ फुटबल क्लब र पर्वतको मार्दिखोला युनाइटेड क्लब पनि प्रतियोगितामा हभागी हुनेछन् ।
यसैगरी प्रतियोगितामा गोरखा जिल्लाका तीनवटा टोलीको सहभागिता रहने छ । गोरखाबाट द ओल्ड क्यापिटल मावि, श्री लक्ष्मी सामुदायिक शिक्षा सदन र हिली फिल्डर्स सहभागी हुनेछन् । लिग कप नकआउटका आधारमा खेलाइने प्रतियोगितामा कुल ३९ खेल हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण