नुवाकोटको पञ्चकन्या गाउँपालिकामा जिल्लास्तरीय क्रसकन्ट्री दौड
काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चैत ३० गते ‘पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिता’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा पुरुष र महिलातर्फ खुला १० किलोमिटर दौड तथा पञ्चकन्या पालिकास्तरीय छात्र र छात्रातर्फ पाँच किलोमिटर दुरीको दौड समावेश गरिएको छ । खुला दौडतर्फ पुरुष र महिला दुवैतर्फका विजेता खेलाडीले २२ हजार रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रो हुनेले १६ हजार र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
यसैगरी पाँच किलोमिटर दुरीको छात्र र छात्रा दौडमा पहिलो हुने खेलाडीले ११ हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले चार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरी भन्ज्याङबाट सुरु हुने आयोजकले जनाएको छ ।
पञ्चकन्या–४ मा निर्माण गरिएको घ्याङ्स्वाँरा सहिद स्मारक पार्कको प्रचारप्रसार तथा जनकल्याण शैक्षिक अक्षयकोष स्थापनाको सहयोगार्थ दौड प्रतियोगिता आयोजना गरिएको जानकारी समाजका अध्यक्ष टीकाराम तामाङले दिए । गत वर्ष भएको पञ्चकन्या क्रसकन्ट्री दौडमा पञ्चकन्या–३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई च्याम्पियन बनेका थिए । निर्धारित दुरी महिलातर्फ एलिसाले एक घन्टा १३ मिनेट ४१ सेकेन्डमा र पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा पुरा गरेका थिए ।
अघिल्लो संस्करणमा पञ्चकन्या पालिकास्तरीय छात्र तथा छात्रा पाँच किलोमिटर दौडमा पञ्चकन्या–१ की सविना राई र किरण तामाङ विजयी भएका थिए । अघिल्लो संस्करणमा कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिएको थियो ।
प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालले प्राविधिक सहयोग गरेको थियो । २०६६ सालमा स्थापित पञ्चकन्या जनकल्याण युवा समाजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृतिलगायत क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण